काठमाडौं/२१ पुुष– भारतको नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आईतबार साँझ भएको हिंसात्मक झडपमा पारी विद्यार्थी र शिक्षकसहित २८ जना घाइते भएका छन् ।
घाइतेहरुको एम्स ट्रमा सेन्टरमा उपचार भईरहेको छ । लाठी र रड सहित विश्वविद्यालय प्रवेश गरेका नकाबधारी समूहले विद्यार्थी र शिक्षकलाई आक्रमण गरेका हुन् । आक्रमणकारीहरुले विद्यार्थी र शिक्षकलाई कुुटपिट गर्नुका साथै विश्वविद्यालयको भवन र होस्टेल समेत तोडफोड गरेका थिए ।
विश्वविद्यालयका अनुसार जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुुरु भएको थियो । विश्वविद्यालयमा अहिले विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको छ । यसैक्रममा रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीबीच ५ जनवरीको दिन दिउँसो झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेका थिए ।
उक्त घटनाको निन्दा गर्दै विश्वविद्यालयले दोषी पहिचान गरी कारबाही गर्न माग गरेको छ । विश्वविद्यालय हाताभित्र भएको हिंसात्मक झपडलाई लिएर भारतमा सबैतिर विरोध भईरहेको छ ।