काठमाडौं/२० पुष– कक्षा १ सञ्चालनका लागि स्वीकृत माग्दै लमजुुङको बेसीसहर नगरपालिका वडा नं. ६ का अभिभावकले संयुक्त हस्ताक्षर संकलन गरी नगरपालिकामा बुुझाएका छन् ।
उनीहरुले न्युु भिजन एकेडेमी स्कुललाई कक्षा १ सञ्चालनका लागि स्वीकृति दिनुुपर्ने भन्दै हस्ताक्षर गरी नगरपालिकामा बुुझाएका हुन् । वडा कार्यालयले स्कुुललाई कक्षा १ सञ्चालनका लागि स्वीकृत नदिए पछि आक्रोशित भएका अभिभावकहरु स्वीकृती माग्दै नगरपालिका गएका हुुन् ।
वडामा रहेका ३ सय ३१ अभिभावकले कक्षा १ सञ्चालनका लागि स्वीकृत दिनुुपर्छ भन्दै हस्ताक्षर गरेको अभिभावक लिल बहादुुर रिमालले बताए । मेयरले छिट्टै नै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताउँदै उनी भन्छन्,“ढुुक्क हुने स्थिति भने छैन ।” मेयरले पनि वडा कार्यालयको सिफारिस नभएसम्म प्रक्रिया अगाडि नबढ्ने बताएको उनले थपे ।
यसअघि पुुष १४ गते ६० जना अभिभावकहरुले कक्षा १ को स्वीकृती माग्दै वडा कार्यालय घेराउ गरी धर्ना दिएका थिए । वडा कार्यालयले प्रक्रिया नपुुगेको र जनघनत्व कम भएको ठाउँमा विद्यालयको आवश्यकता नरहेको भन्दै स्वीकृत नदिएको हो । वडाका अध्यक्ष भोज बहादुुर रिमालले नजिकको विद्यालयको सिफारिस लिएर आएमा अनुुमति दिन सकिने बताए । नजिकको विद्यालयको सिफारिस बिना अनुुमति दिन नमिल्ने उनको भनाइ छ ।
विदेशी संस्थाको सहयोगमा सञ्चालन हुँदै आएको न्युुन भिजन एकेडेमी स्कुलमा नर्सरी, एलकेजी र युकेजीका कक्षा सञ्चालनमा छन् । स्कुुलले पिछाडिएका र निम्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा अध्यापन गराउँदै आएको छ ।