काठमाडौं/२० पुुष– नेपालमा २४ प्रतिशत विद्यार्थीहरुले उच्च शिक्षामा प्राविधिक शिक्षा लिइरहेका छन् ।
प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको तथ्यगत विवरणका अनुसार उच्च शिक्षामा अध्ययनरत कुल विद्यार्थी संख्या ३ लाख ७१ हजार १ सय ८४ जना मध्ये ८९ हजार २ सय ५२ जना प्राविधिक उच्च शिक्षामा अध्ययनरत रहेका छन् । यी विद्यार्थीहरुले प्राविधिक शिक्षा अन्तर्गत कृषि, पशुु विज्ञान, पशुु चिकित्सा, मत्स्य पालन, आयुुर्वेद, इन्जिनियरिङ, वन विज्ञान, चिकित्सा शास्त्र र विज्ञान तथा प्रविधि विषय अध्ययन गरिरहेका छन् ।
उक्त तथ्यांक अनुसार प्राविधिक शिक्षा अध्ययन गर्ने छात्रा भन्दा छात्रको संख्या बढी रहेको छ । छात्रको ५७ हजार २ सय ६७ रहेको छ भने ३१ हजार ९ सय ८५ छात्रा प्राविधिक उच्च शिक्षा अध्ययनरत रहेका छन् ।
उक्त तथ्यगत विवरणका अनुसार प्राविधिक तथा व्यवसायिक सीप विकास तथा तालिम प्रदायक संख्या प्रदेश नं. १ मा १ सय १३ वटा, प्रदेश नं. २ मा ८२ र प्रदेश नं. ३ मा सबैभन्दा बढी ५ सय ५ वटा रहेका छन् । यसैगरी, गण्डकी प्रदेशमा ७४, प्रदेश नं. ५ मा १ सय ६१, कर्णाली प्रदेशमा ४८ र सुुदुुरपश्चिममा ५८ वटा रहेका छन् ।