सामाजिक सञ्जाल र इन्टरनेट चलाउने बालबालिकामा साइबर धम्कीको प्रभाव


काठमाडौं/१९ पुष-अहिले बालबालिकाहरु घण्टौं सम्म इन्टरनेटमा झुुण्डिने गर्छन् । अभिभावकहरुको व्यस्त जीवनशैलीका कारण पनि बालबालिकाका इन्टरनेटमा के हेर्छन्, के गर्छन् भन्ने बारे अभिभावकले चासो राख्दैनन् । अभिभावकका लागि इन्टरनेट बालबालिका भुुलाउने सजिलो माध्यम बनेको छ । उनीहरुलाई काम गर्न सजिलो हुनुुका साथै बच्चा रोलान्, फुलाउनुु पर्ला भन्ने चिन्ताबाट टाढा रहेका छन् । बच्चा अलिअलि बुुझ्ने हुने बित्तिकै हातमा मोबाइल वा ट्याब थमाई दियो अनि युट्युुबमा कार्टुन लगायतका विभिन्न भिडियो लगाई दियो । एक दिन दुुई दिन गर्दै उमेर बढ्दै जाँदा विस्तारै बालबालिकामा लत बस्दै जान्छ । अनि इन्टरनेट बालबालिकाका लागि अपरिहार्य नै हुन्छ ।
दुवाकोटको डाइमन मन्टेश्वरीमा अध्ययनरत ४ वर्षे आविष्कार पराजुुलीकी आमा संगिता पराजुली भन्छिन्,“बिहान उठेदेखि स्कुल नजादाँ सम्म र स्कुलबाट घर फर्केपछि नसुतुञ्जेलसम्म मोबाइल हेर्छ ।” “घण्टौं सम्म मोबाइल हेर्छ, नदिए झगडा गर्छ, रिसाउँछ ।”, उनले थपिन । आफ्नो छोरालाई मोबाइलको नराम्रो लत लागेको उनी बताउँछिन् । सानोमा फुलाउन र भुलाउन मोबाइल दिएपनि विस्तारै लत लागेको उनको भनाई छ । उनका अनुसार आविष्कारले मोबाइलमा कार्टुन र विभिन्न भिडियोहरु हेर्ने गर्छन् ।
बालबालिकाको उमेर भनेको खेल्ने, कुद्ने, उफ्र्ने, रमाईलो गर्ने उमेर हो । तर, बालबालिकाहरु एकै ठाउँमा बसी घण्टौं सम्म मोबाइल लगायतका ग्याजेट प्रयोग गर्छन् । उनीहरुका लागि साथीभाइ, खेलमैदान, पार्क, बालकथा आदि सबैकुराहरु इन्टरनेटको एउटा एप्लिकेसनमा समेटिएको छ , जसले बालबालिकामा घरभित्र वा बाहिर खेल खेली मज्जा लिनुु भन्दा इन्टरनेटमै रमाउने बानी पारिदिएको छ । यसले बालबालिकाहरुलाई निस्क्रिय त बनाएको नै छ भने बालबालिकाहरुको सामाजिक, मानसिक, शारिरीक तथा संवेगात्मक विकासमा समेत असर पुु¥याएको छ ।


के गर्छन् त बालबालिका इन्टरनेटमा ?


शंखमूूलको हर्टल्याण्ड मन्टेश्वरी प्रि–स्कुलमा पढ्ने ६ वर्षिय आयाम गौतम युुट्युुब हेर्न खपिस छन् । उमेरले सानो भएपनि उनी आफै मोबाइलमा युट्युुब लगाउँछन् अनि मोटुु पत्लु ,शिव, डोरेमन, मिकीमाउस जस्ता कार्टुन हेर्छन् । उनका लागि मन्टेश्वरीबाट घर फर्केपछि कार्टुुन हेर्नु अनिवार्य जस्तै बनेको छ । उनी मोइबलमा मात्र होइन टिभीमा पनि कार्टुन नै हेर्छन् ।
यस्तै, कावासोती, नवलपरासी नोबेल एकेडेमी कक्षा ३ मा अध्ययनरत माधव कंडेललाई पनि मोबाइलमा गेम खेल्ने लत लागेको छ । उनी फुुर्सदको समय हुने बित्तिकै मोइबालमा अनलाइन÷अफलाइन दुवै गेम खेल्छन् । ९ वर्षे उनलाई प्रायः कुन गेम कसरी खेल्ने भन्ने कुराको ज्ञान राम्रोसँग छ । उनले मोबाइलमा गेम खेल्न थालेपछि समय बितेको पत्तै नपाउने उनको अभिभावको भनाई छ ।
बालबालिका इन्टरनेटमा गेम खेल्ने, विभिन्न भिडियोहरु हेर्ने, फेसबुुक, इन्स्ट्राग्राम, टिकटक आदि चलाउने गर्छन् । अनलाइन गेम अहिले हरेक बालबालिकाको फेवरेट गेम नै बनेको छ । हातमा मोबाइल वा ट्याब समाउँदै घण्टौं सम्म बालबालिकाहरु मोइबालमा गेम खेल्छन् । गेममा प्रतिस्पर्धा गर्छन्, सर्त लगाउँछन् । पब्जी, फ्री फायर, मोबाइल लीजेन्ड लगायतका थुप्रै अनलाइन गेमहरु छन्, जसमा बालबालिकाको लत बसेको छ । अनलाइन गेम एकै पटक धेरै व्यक्ति वा समूहमा खेल्ने भएकाले जित्ने होडमा बालबालिका घण्टौं मोबाइलमा भुुलिन्छन् ।
यसैगरी, सामाजिक सञ्जालको प्रयोग । बालबालिकाहरु सामाजिक सञ्जालमा पनि निकै सक्रिय भएको देखिन्छ । कक्षा ५/६ पुुग्ने बित्तिकै बालबालिका सामाजिक सञ्जालमा जोडिएको देख्न सकिन्छ । फेसबुक, इन्स्ट्राग्राम र अहिले टिकटक बालबालिकाले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । सामाजिक सञ्जालको बढी प्रयोगले बालबालिकाहरुमा नैराश्यता सिर्जना गरेको छ भने उनीहरुको व्यवहारमा समेत परिवर्तन ल्याएको छ ।
ल्यान्सेट चाइल्ड एण्ट एडोलिसेन्ट हेल्थ नामक एउटा सर्वेक्षण गरिएको थियो । १० हजार बालबालिका माथि बेलायतमा गरिएको सर्वेक्षणले १३ देखि १६ वर्षका बालबालिकाहरुमा सामाजिक सञ्जालको प्रयोगले उनीहरुको निन्द्रा र शारिरीक स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको निश्कर्ष निकालेको थियो । यसैगरी, अध्ययनले ६० प्रतिशत बालबालिका साइबर धम्की र निन्द्राको प्रभाव र बालकहरुमा १२ प्रतिशत मनोवैज्ञानिक असर पारेको निश्कर्ष निकालेको थियो ।
बेलायतको २०१७ को रिर्पोट अनुसार १२ देखि १५ वर्षिय ९९ प्रतिशत बालबालिकाहरु हप्तामा २१ घण्टा भन्दा बढी इन्टरनेट चलाउने गरेको पाइयो । त्यस्तै, ९१ प्रतिशतले भने हप्तामा १४.५ घण्टा टिभीमा बिताउने गर्छन् भने ८३ प्रतिशत बालबालिकासँग आफ्नै स्मार्टफोन हुने गरेको छ । यसैगरी ७७ प्रतिशत हप्तामा १२ घण्टा गेम खेल्छन् भने ७४ प्रतिशत सामाजिक सञ्जालमा सक्रिय छन् ।
जति धेरै बालबालिका इन्टरनेटमा सक्रिय हुन्छन्, त्यति नै उनीहरुको बृद्धि विकासमा असर पर्न जान्छ । इन्टरनेटले विश्वलाई साधुँरो बनाउँदै लगिरहेको अहिलेको अवस्थामा बालबालिकालाई इन्टरनेटबाट टाढा राख्न त सकिँदैन तर कति समय इन्टरनेट चलाउन दिने, कति उमेर समूहकालाई दिने भन्ने कुरामा भने अभिभावकले विचार पु¥याउन आवश्यक छ ।