सामुदायिक विद्यालयमा निःशुल्क स्यानेटरी प्याड निजीमा अध्ययनरत छात्रालाई बेवास्ता


कठमाडौं/१९ पुष-सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा स्यानेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारले आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा यो विषयलाई राखी यस्तो व्यवस्था लागू गर्न लागेको हो । कार्यक्रम अनुसार विशेषगरी माध्यमिक तहमा अध्ययनरत छात्रा महिनावारी भएका बेला विद्यालय नै नजाने अवस्था रहेकाले निःशुल्क स्यानेटरी प्याड वितरणको योजना ल्याएको हो ।
२० हजार सामुदायिक विद्यालयलाई सहभागी गराउने लक्ष्यका साथ घोषणा गरिएको यो योजनाबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने देशभरका हजारौं छात्रा लाभान्वित हुनेछन् तर निजी विद्यालयमा भने यो व्यवस्था छैन ।
निजी विद्यालयका छात्राहरु विद्यालयमा पैसा तिरेर आफूलाई आवश्यक परेको समयमा प्याड लिने गरेको भक्तपुरको प्रज्ञा इंग्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा सलिना पौडेलले बताइन् । विद्यालय अनुसार फरकफरक शुल्क तिरेर निजी विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीहरु प्याड प्रयोग गर्छन् ।
भक्तपुरको गठ्ठाघरमा रहेको सिद्धार्थ विद्यापीठ स्कुलकी प्रधानाध्यापक दीपिका रिमाल थापाले स्कुलमा प्याडको व्यवस्थाका लागि छात्रा विद्यार्थी र विद्यालयले ५०÷५० प्रतिशत लगानी गर्ने गरेको बताइन् । उनका अनुसार छात्राहरुले प्याड उपयोग गर्नका लागि महिनाको २० रुपैँया तिर्नुपर्छ । विद्यालयले प्याडका लागि छुट्टै कोष नै खोलेको छ, जहाँ विद्यार्थीहरुले तिरेको रकम जम्मा हुन्छ र त्यसमा नपुग रकम विद्यालयले थपी प्याड किन्ने गरेको उनले स्कुल खबरलाई जानकारी गराईन् । उनी भन्छिन्, “छात्राहरुले आफूलाई आवश्यकता परेको बेलामा माग फारम भरी विद्यालयबाट प्याड उपयोग गर्न सक्छन् ।” उनले विद्यार्थीहरुलाई घरेलु प्याड बनाउने तालिम समेत दिएको बताइन् । विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले महिनावारी हुँदा केही समस्या भएमा नर्सहरुले सहयोग गर्ने उनले थपिन् । सामुदायिक विद्यालयमा सरकारले निःशुल्क प्याड उपलब्ध गराउने कोसिस गरेको भएपनि निजी विद्यालयलाई भने बेवास्ता गरेको उनको भनाई छ ।
पेप्सिकोलामा रहेको करियर विल्डिङ्ग स्कुलले भने विद्यार्थीहरुलाई निःशुल्क रुपमा प्याड उपलब्ध गराउने गरेको छ । स्कुलका प्रिन्सिपल हेम राईले विद्यालयले छात्रा विद्यार्थीहरुलाई निःशुल्क रुपमा प्याड दिने गरेको बताए । उनका अनुसार स्कुल आफैले प्याड किनेर ल्याउँछ र छात्रा विद्यार्थीहरुले आफूलाई आवश्यकता परेको समयमा मागेर प्रयोग गर्छन् । विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले महिनावारी भएको समयमा छात्रा विद्यार्थीहरुलाई सहज हुने उनको तर्क छ । विद्यालयले छात्रा विद्यार्थीहरुलाई वार्षिक रुपमा महिनावारीको बारेमा कार्यक्रम आयोजना गरी जानकारी दिने गरेको उनले स्कुल खबरलाई बताए ।
अहिले हरेक विद्यालयमा छात्रा विद्यार्थीहरुले महिनावारी भएको बेलामा प्याड पाउने गरेका छन् । चाहे पैसा तिरेर होस् वा निःशुल्क । पहिले महिनावारी भएको बेला धेरै छात्राहरु विद्यालय जादैन थिए । तर अहिले समय फेरिएको छ । विद्यालयले उनीहरुलाई सहज वातावरण निर्माण गरी छात्रामैत्री शौचालय, प्याडको व्यवस्था, औषधीको उपलब्धताले गर्दा विद्यालयमै महिनावारी भएपनि उनीहरुलाई समस्या हुँदैन ।
प्रज्ञा इंग्लिस स्कुल कक्षा ७ मा अध्ययनरत छात्रा सलिना पौडेल महिनावारी भएको समयमा विद्यालय जान मान्दिनन् । महिनावारी हुँदा पेट दुुख्नुका साथै धेरै बिल्डिङ्ग हुँदा कपडामा लाग्ने बताउँदै उनले भने,“विद्यालयमा प्याडको व्यवस्था नभएकाले समस्या हुन्छ ।” त्यसैले महिनावारीको समयमा विद्यालय नजाने उनको भनाई छ । कहिले काही त स्कुुलमै महिनावारी हुँदा लुुगा भरी रगत लाग्ने गरेको अनुुभव उनले सुुनाइन् ।
यि त एउटा प्रतिनिधि पात्र मात्र हुन यस्ता समस्या सबै विद्यालयहरुमा उत्तिकै छ । आखिर जाहा अध्ययन गरेपनि सबै छात्राहरुको समस्या एउटै हो । र सबै छात्राहरु याहि समाजका र याहि देशका नागरिक हुन् । त्यसकारण निजि विद्यालय र सामुदायिक विद्यालयमा अध्ययन गर्ने भन्दै सरकारले फरक फरक ब्याबहार गर्न मिल्दैन । सरकारको आफ्नो नितिका कारण बिद्यार्थीमा यस्तो फरक ब्याबहार देखाउदा निःशुल्क स्यानेटरी प्याड वितरणको योजनामा अधिकंश छात्राहरु यसमा समेट्किा छैनन् ।