सिटिईभिटिले छात्रवृत्तिका लागि प्राप्ताङ्कको योग्यताक्रम अनुसार सिफारिस गर्ने

काठमाडौं /१८ असार- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलय सानोठिमिले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा प्रशिक्षार्थि छनोट तथा भर्ना सिफारिसका लागि आवेदन आह्वान गरेको छ ।


अघिल्लो आर्थिक वर्षमा विपन्न,दलित र मुस्लिम समुदायका छात्रछात्राहरुलाई विभिन्न प्राविधिक विषयहरुमा छात्रवृत्ति कार्यक्रमका लागि सूचना अनुसार आवेदन फारम बुझाएका उम्मेदवारहरुको कोभिड १९ का कारणले पूर्व निरधारित समयमा परीक्षा सञ्चालन गर्न नसकेको जनाएको छ ।


साथै यस आर्थिक वर्ष भित्र उक्त कार्यक्रमको प्रशिक्षार्थी छनोट नहुँदा कार्यक्रमनै सञ्चालन नहुने अवस्था सिर्जना भई ५६० विपन्न,दलित र मुस्लिम समुदायका छात्रछात्राहरु प्रविधिक शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित हुन लागेकोे कारणले यस वर्ष सञ्चालन गर्नुपर्ने जनाएको छ ।


त्यसैगरी यस पटकका लागि रीतपुर्वक आवेदन फारम भरेका आवेदकहरुको तोकएको शैक्षिक योग्यताको प्रमाणपत्रको प्राप्ताड्ढको योग्यताक्रम अनुसार स्वीकृत कोटामा भर्नाका लागि प्रशिक्षार्थी छनोट गरिने भएको छ ।


छनोट गरिएका आवेदनहरु यसै अर्थिक वर्षभित्र सिफारिस गर्न परक्षिा समितिबाट निर्णय भएकोले पूर्व प्रकाशित कार्यक्रमहरुमा संशोधन गरी प्रशिक्षार्थीको छनोट तथा भर्ना सिफारिस गरिने जानकारी दिएको छ ।