काठमाडौं/१८ असार-त्रिभुवन विश्वविद्यालयले शोधकार्य सम्पन्न गरेका उत्कृष्ट शोधकार्य ठहर भएका ६ जना विद्यार्थीलाई पुरस्कार र प्रमाण पत्र वितरण्का लागि आवेदन माग गरेको छ । विश्वविद्यालय अध्ययन संस्थान तथा संकाय अन्र्तगत २०७५ साउन देखि २०७६ असार र २०७६ सउन देखि २०७७ असार सम्मा स्नातकोत्तर तह उत्र्तीण गरी शोधकार्य गरेका मध्ये उत्कृष्ट शोधकार्य ठहर भएकालाई वितरण गरिने जनाएको छ ।
उत्त पुरस्कार त्रिवि दिवसको दिन वितरण गर्ने भनिएपनि विशेष परिस्थितिले गर्दा अनुकुल समयमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको छ ।
साथै सूचना प्रकाशित भएको १५ दिन भित्र सम्बन्धित डिन कार्यलय मार्फत माहाशाखामा आवेन दिनको लागि सूचित गरेको छ । आवेदनका लागि दुई/दुई प्रति शोधपत्र, व्यात्तिगत विवरण,पासपोर्ट साईजको फोटो ,शैक्षिक प्रमाणपत्रका प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।
आवेदन साथ प्राप्त शोधपत्रहरु मूल्यांकन पछि उत्कृष्ठ ठहरिएकोलाई पुरस्कृत गरिने र अन्य शोधपत्रहरु फिर्ता गरिने सूचनामा उल्लेख गरेको छ ।




