काठमाडौं/१८ पुुष– नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त चार वटा मेडिकल कलेजहरुको विषयगत रुपमा सिट निर्धारण गरेको छ ।
काउन्सिलले डीएम/एमसीएच कार्यक्रमहरुको सिट निर्धारण गरेको हो । काउन्सिले केयूूबाट सञ्चालन हुने डीएम/एमसीएच कार्यक्रमको सिट निर्धारण निरीक्षण टोलको प्रतिवेदन तथा शिक्षा समितिको सिफारिसका आधारमा गरेको छ ।
काठमाडौंमा रहेको काठमाडौं मेडिकल कलेजले एमसीएच प्लाष्टिक सर्जरीका लागि एक सीट प्राप्त गरेको छ भने जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजले डीएम नेफ्रोलोजीमा एक सिट पाएको छ । त्यस्तै, पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले डीएम कार्डियोलोजीका लागि एक सिट प्राप्त गरेको छ । काउन्सिले भरतपुरको कलेज अफ मेडिकल साइन्सेजमा डीएम ग्याष्ट्रोइन्टेरोलोजीका लागि एक सिट, डीएम नेफ्रोलोजीका लागि एक सिट, एससीएच युरोलोजीका लागि एक सिट र एमसीएच सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजीका लागि एक सिट निर्धारण गरेको छ ।
काउन्सिले नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस, बाँसबारी, काठमाडौंमा सञ्चालन हुने एमसिएच न्युरोसर्जरी विषयका लागि काउन्सिलबाट गरिएको निरीक्षण प्रतिवेदनसहितका कागजातहरु आवश्यक प्रक्रियाका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने भएको छ ।
यस्तै, काउन्सिले काठमाडौं मेडिकल कलेज र लुुम्बिनी मेडिकल कलेजमा प्रस्तावित दुुई कार्यक्रम भने सञ्चालन गर्न नमिल्ने निर्णय गरेको छ । पाल्पाको लुुम्बिनी मेडिकल कलेजमा प्रस्तावित एमसीएच युुरोलोजी तथा काठमाडौं मेडिकल कलेजको प्रस्तावित एससीएच न्युरोसर्जरी विषयको कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।
काउन्सिलको ११ पुुषको बैठकले कलेजहरुलाई तोकिएको विषयमा कार्यक्रम सञ्चालन गर्न सकिने वा नसक्निे निर्णय गरेको हो ।