नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी २२ वर्षदेखि शिक्षक पेशामा कार्यरत शिक्षक विरुद्ध मुद्दा

काठमाडौं/१७ पुुष– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध काठमाडौं अदालतमा मुुद्दा दर्ता गराएको छ ।
आयोगले सुुनडाँडा भद्रकाली प्राथमिक विद्यालय सिन्धुुलीमा कार्यरत शिक्षक ज्ञानुु रायमाझी विरुद्ध आज विशेष अदालतमा मुुद्दा दर्ता गराएको हो । उनले २२ वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पेशमा कार्यरत रहेको अख्तियारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बताए ।
पाँच कक्षा मात्र उत्तीर्ण रायमाझीको विहार विद्यालय परीक्षा समिति पटना १७ बाट जारी गरिएको हाइस्कुल तहको प्रमाणपत्र नक्कली रहेको ज्ञवालीको भनाई छ । उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ०५४ भदौ १४ मा प्रावि शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुुमित लिएका थिए भने २०६३ साउन ३० गते स्थायी भएका थिए ।
नक्कली प्रमाण पत्रका आधारमा सरकारी सेवा सुविधा लिएको भएकाले उनलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६को उपदफा १ बमोजिम कसुर गरेको प्रमाणित भएकाले मुुद्दा दर्ता गरिएको हो ।