केयूमा ताला, पठनपाठन बन्द

काठमाडौं/१७ पुुष– काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् ।
यसअघि उनीहरुले प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गरेकोमा विगतमा भएका सम्झौता कार्यान्वयनको माग राख्दै उनीहरुले मंगलबारदेखि शैक्षिक कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेशन, स्कुल अफ मेडिकल साइन्सेज र परीक्षा नियन्त्रकको कार्यालयमा उनीहरुले ताला लगाएका छन् । तालाबन्दीका कारण विश्वविद्यालयको पठनपाठन बन्द भएको छ भने परीक्षा समेत स्थगित गरिएको छ ।
केयू पनिकाका अनुसार बुुधबारदेखि हुने समेत स्थगित गरिएको हो । तालाबन्दी कारण विज्ञान र इन्जिनियरिङ संकाय स्नातक तहको आंशिक परीक्षा स्थगित भएको हो ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ महिनामा भएको चार बुँदे सहमति कार्यान्वयन नभएपछि उनीहरुले पुुष १५ गतेदेखि पुनः आन्दोलन सुरु गरेका हुन् ।