काठमाण्डौं/१७ पुष– त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट कानुन सङ्काय, स्नातक तह तीन वर्षे एल.एल.बी. दोस्रो बर्षको परीक्षा फाराम सम्बिन्ध सूचना सार्वजनिक गरेको छ ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने कानुन सङ्काय, स्नातक तह तीनवर्षे एल.एल.बी. दोस्रो बर्षको परीक्षा दिने नियमित तर्फका परीक्षार्थीहरूले परीक्षा आवेदन फारम भर्न पाउनेछन् । फारामका लागि विद्यार्थीले सम्बन्धित क्याम्पसमा मिति २०७६ साल पौष १६ गते देखि मिति २०७६ साल माघ १५ गतेसम्म नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरकोमा २०७६ साल माघ २२ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउन सक्नुपर्ने छ ।