काठमाडौं/१७ पुुष– शिक्षक सेवा आयोगले खुला तर्फ प्राथमिक तहको बुधबार सिन्धुुपाल्चोक, धादिङ र मकवनापुर जिल्लाको सूची सार्वजनिक गरेको छ ।
त्यस्तै, आयोगले मंगलबार कभ्रोपल्चोक, काठमाडौं, सर्लाही र दोलखा जिल्लाको सूची सार्वजनिक गरेको थियो ।
आयोगले खुल्ला प्रतियोगिताद्वारा सामुुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नामनामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को २४ बमोजिम करार शिक्षक पदमा नियुुक्ति गर्ने प्रयोजनका लागि आयोगले सूची प्रकाशन गरेको हो ।
सम्बन्धित समाचार