सुर्खेत /१ असार- मध्यपश्चिमाञ्चल विश्वविद्यालय परक्षिा व्यावस्थापन कार्यलयल स्नातक र स्नातकोत्तर तहको परीक्षा आवेदन फारम खुला गरेको छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरिङ्ग संकाय अन्तर्गत तहको परीक्षा आवेदन खुला गरेको हो ।
साथै परीक्षा आबेदन जेठ ३१ देखि असार १४ सम्म नियमित र असार १६ देखि १८ सम्म अतिरिक्त शुल्क तिरी अनलाइनबाटै परीक्षा फारम भर्न सकिने जनाएको छ ।
सत्रान्त परीक्षा उक्त सेमेस्टरको नियमित एवम आंशिक तर्फका परीक्षार्थीशरुले परीक्षा फारम भर्न सक्ने छन । परीक्षा फारम www.muexam.edu.np को अनलाइन इक्जाम फर्म बाट भर्न सकिने छ ।




