काठमाडौं /१ असार-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लामो समय देखि बिना सूचना विद्यालय अनुपस्थिति रहेकोले इकाइमा सम्पर्क राख्न निर्देशन दिएको छ ।
प्रथमिक तृतीय श्रेणीको दरबन्दीमा कार्यरत स्थायी शिक्षक भोजेन्द्र गुरुङ २०७७/९/५ गते देखि विना सूचना विद्यालयमा अनुपस्थिति रहेको र विद्यालयबाट पटक पटक हाजिर हुन आउन पत्राभार गर्दा पनि हाजिर हुन नआएकोले सम्पर्कमा आउन आज सूचना जारी गरेको छ ।
साथै सूचना जारी गरेको मितिले १५ दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण सहित इकाईमा सम्पर्क राख्न आउन जानकारी गराएको छ । अन्यथा प्रचलित शिक्षा ऐन नियमानुसार कार्वाहि हुने जनाएको छ ।
गुरुङ स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नं.३ मा स्थायी घर भई हाल स्याङ्जा भिरकोट नगरपालिका वडा नं.२ स्थित दिपज्योति आधारभूत विद्यालयमा कार्यरत शिक्षक हुन ।



