कास्की /३० जेठ- पोखरा विश्वविद्यलाय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तह आठौं सेमेष्टरको परीक्षा पूर्व निर्धारीत समय तालिका अनुसार नै सञ्चालन हुने जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा भ्रामक हल्लाहरु आए पछि पूर्व निर्धारीत समय तालिका ओनुसार नै परीक्षा सञ्चालन हुने जनाएको हो ।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दे स्नातक तहको आठौं सेमेष्टरको परक्षिा विश्वविद्यालयले जारी गरेको निर्देशिका र परक्षिा नियन्त्रण कार्यलयले प्रकाशन गरेको समयतालिका अनुसार नै सञ्चालन हुने जानकारी दिएको छ ।
साथै सामाजिक सञ्जालमा भएका कपोल कल्पित तथा भ्रामक हल्लाको पछाडि नलागि परक्षिामा केन्द्रित हुन सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराएको छ ।




