पर्सा/३० जेठ-विरगञ्ज महानगरपालिकाले असार १ गतेबाट भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि परिपत्र जारी गरेको भन्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति पर्साले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जानकारी गराएको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अझै केहि समय भर्चुअल विधिबाटै पठनपाठन गर्न परिपत्र जारी गरेको र सङ्घीय सरकार,प्रदेश सरकार तथ जिल्ला स्थित दैविक व्यावस्थापन समितिले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने कुनै निर्णय र सूचना नगरेको अवस्थामा विरगञ्ज महानगरपालिकाले विद्यालय खोल्न गरिएको पत्राचार प्रति ध्यानाकर्षण भएको जानाएको हो ।
कोभिड १९ को महामारी यथावत रहेको र राज्य पूर्वाग्रही सोच तथा संवेदनहीनताका कारण शिक्षक कर्मचारी र विद्यार्थीले अझै खोप समेत नपाएको अवस्थामा विरगञ्ज महानगरपालिकाले विद्यालय खोल्ने गरिएको पत्राचार प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ “शिक्षक कर्मचारीले कोभिड विरुद्धको खोप नपाएसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने भन्ने नेपाल हिक्षक महासङ्घ राष्ट्रिय समितिको निर्देशन समेत भएकोले कोभिड संक्रमणको अवस्था सामान्यीकरण भई शिक्षक कर्मचारीले खोप नपाएसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न हामी सबै प्रधानाध्यापक तथा शिक्षक कर्मचारी मित्रहरुमा आग्रह गर्दछौ । साथै विरगञ्ज महानगरपालिका समक्ष यो निर्णय फिर्ता अपिल गर्दछौ ।”
साथै अहिलेको अवस्थामा जोरजर्वजस्ति विद्यालय सञ्चालन गर्ने वा गराउने गरेमा यसबाट सिर्जित हुन सक्ने क्षति तथा अरु गम्भिर परिणाम प्रति सम्बन्धित महानगरपालिका र यसको नेतृत्व नै जिम्मेवारी रहने चेतावनि दिएको छ ।



