सुनसरी /३० जेठ- धरान स्थित के.के इन्टरनेशनल विद्यालयले अनाधिकृत रुपमा तिन जना शिक्षकहरुलाई निष्कासन गरिएको भन्दै नीजि तथा संस्थागत विद्यालय शिक्षक,कर्मचारी युनियन(प्याब्सु)ले ध्यानाकर्षण भएको जनाएको छ ।
निलम चौधरी,पूनमगोविन्द लाखे र सुरज बराल गरी तिन जना शिक्षकलाई निष्कासन गरेको निवेदनका आधारमा सुनसरी (प्याब्सु)ले शिक्षक निष्कासन प्रति ध्यानाकर्षण भएको जनाकारी गराएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्ध एकताबद्ध भई एकअर्काको परिपूरक हुँदै लड्नुको साटो आफूमा पूर्ण रुपमा आश्रित शिक्षकहरुमाथि नै ज्यादतीपूर्ण व्यावहार गरिनुले मानवीय मर्यादाको समेत उपहास भएको छ । यकातिर हातमुख जोड् अफ्ठेरो पररिहेको र वर्तमान शैक्षिक क्यालेण्डर नै तलमाथि हुन पुगेको अवस्थामा पनि वैकल्पिक विधिको प्रयोग गरी तमाम विद्यार्थीहरुको उज्जवल भविष्यको निर्माणर्थ खटिने शिक्षकहरुलाई विद्यालयले शिक्षा ऐन, श्रम ऐन एवम प्रचलित कानुन विपरित बिना कारण निष्कासन गरिनु निन्दनिय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै के.के इन्टरनेशनल स्कुलको यो गलत कार्यको निन्दा र भत्र्सना गर्दे अविलम्ब कमजोरी सचाएर अघि बढ्न नीजि तथा संस्थागत विद्यालय शिक्षक,कर्मचारी युनियनले सुनसरीले माग गरेको छ ।
शिक्षा मन्त्रालयले परिपत्र जारी गरी स्पष्ट रुपमा वार्षिक क्यालेण्डर जेष्ठ मसान्त सम्म बढाएर असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न भनिएपनि स्कुलले विपरीत जेठ पहिलो हप्ता देखि नै शैक्षिक सत्र सुरु गरेकोमा प्याब्सुले ध्यानाकर्षण भएको जनाकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ “एउटा अमुक विद्यालय देशको कानुनभन्दा ठूलो होइन विभिन्न बाहानामा यस्ताखाले कानुन विपरीत कुकृत्य हुँदा समेत स्थानीय जनसरोकारको विषयमा सम्बन्धित निकाय, धरान उपमाहानगरपालिका ,राजनितिक दल चनाखो नहुँदा आफ्नो दाइत्व र जिम्मेवारीबाट पन्छिएको भान भएको र कानुनि राज्यको उपहास भएको छ ।”
के. के.इन्टरनेशनल स्कुलले आफुले गरेको निन्दनीय कार्यलाई अविलम्ब सच्याउन र यस प्रवृत्तिका कमजोरिहरुलाई नदोहो¥याउन प्याब्सुले आग्रह गरेको छ । अन्यथा कानुनि र वैचारिक लडाई लडन तयार रहन र शिक्षक,कर्मचारीहरुको आन्दोलनबाट हुने क्षति र सिर्जना हुने दायित्व विद्यालय प्रशासनले व्यहोर्नु पर्ने चेतावनि दिएको छ ।



