काठमाडौं/२६ जेठ-पूर्वाञ्चल विश्वविद्यालयले अनलाइन तथा भर्चुअल विधिबाट सञ्चालित कक्षाको प्रतिवेदन बुझाउन भनेको छ । विश्वविद्यालय अन्र्तगत सञ्चालित सबै आङ्गिक तथा सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुलाई प्रतिवेदन बुझाउन भनिएको हो ।
कोभिड १९ को दोस्रो लहरको कारण अनलाइन तथा भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न संकायगत रुपमा परिपत्र जारी गरेको र निषेधाज्ञाको समयमा अनलाइन विधिबाट सञ्चालित कक्षाका सम्बन्धमा विद्यार्थीहरुलाई परेको कठिनाई,गुनासो वा सुझाव भए सो समेत संलग्न गरी ईमेल मार्फत सम्बन्धित संकायमा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
साथै सबै क्याम्पस,कलेज तथा स्कुलहरुलाई प्रत्येक साता अनलाइन कक्षाको प्रगति विवरण सम्बन्धित संकायमा अनिवार्य रुपमा उपलब्ध गराउन भनिएको छ ।



