काठमाडौं /२६ जेठ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खु द्धारा विर्षिक परक्षिा प्रणाली अन्र्तगत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न पूर्व प्रकाशित सूचनामा अनलाइन सिस्टममा समस्या आए पछि परीक्षा फारममा रजिष्ट्रेसन नम्बर नराखि भर्न मिल्ने व्यावस्था गरेको छ ।
उक्त समस्या समाधानका लागि त्रिवि केन्द्रिय परक्षिा संचालक समितिको निर्णय अनुसार आंशिक र मौका परीक्षार्थीहरुको केहिको रजिष्ट्रसन नम्बर अनुसार अनलाइन एक्सेस नखुलेका कारण जेठ २६ देखि उक्त फारमहरु रजिष्ट्रेसन नम्बर नराखि भर्न मिल्ने व्यावस्था गरेको हो ।
साथै २०७६ सालको रजिष्ट्रेसन नम्बर कायम नभएका परीक्षार्थीहरुको हकमा रजिष्ट्रेसन फारम आवश्यक प्रमाण पत्र र दोब्बर दस्तुर शुल्क लिइ सम्बन्धित क्याम्पसले नै अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणको समय भित्र रजिष्ट्रेसन नम्बर अनिवार्य लिइसक्नु पर्ने जनाएको छ । अन्यथा रजिष्ट्रेसन नम्बर कायम नभएमा परीक्षार्थीहरुलाई परीक्षामा संलग्न नगराइने भनिएको छ ।




