काठमाडौं /१९ जेठ – नेपाल नर्सिङ्ग परिषद्ले नाम दर्ता परिक्षा स्थगित गरेको छ । परिषद्ले नाम दर्ता परीक्षाको प्रस्तावित वार्षिक कार्य तालिका अनुसारको २७ औँ नाम दर्ता परक्षिाको मिति असार २६ गते पस्ताव गरेकोमा कोभिड १९ का कारण स्थगित गरेको छ ।
कोभिड १९ महामारी तिव्र रुपमा फैलिएको साथै नेपाल सरकारले लगाएको निषेधाज्ञाको अवस्थालाई मध्यनजर गरि तोकिएको मितिमा नाम दर्ता परक्षिा लिन नसक्ने अवस्था सिर्जना भएको जनाएको छ ।
साथै अनुकुल अवस्था भएपछि पुनः सूचना प्रकाशन गरी परक्षिा सञ्चालन गरिने नाम दर्ता परिक्षा समितिको निर्णय भएको जानकारी दिएको छ ।



