चिकित्सा विषय स्नातक र स्नातकोत्तर तहका परीक्षा तत्काल सञ्चालन गर्न नसकिने


काठमाडौं /१९ जेठ -त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यलय परीक्षा नियन्त्रण महाशाखाले स्नातक तथा स्नातकोत्तर तहका परीक्षा तत्काल सञ्चालन गर्न नसकिने जनाएको छ ।

कोभिड १९ महामारी तथा निषेधाज्ञाको कारणले तत्काल परीक्षा सञ्चालन गर्न नसकिने र अवस्था अनुकुल हुने वित्तिकै परीक्षा तालिका प्रकाशन गरी परक्षिा सचालन गरिने भन्दै सूचना प्रकाशित गरेको छ ।

साथै परक्षिा नियन्त्रण महाशाखाको बैशाख १४ गते प्रकाशित सूचनामा स्नातक तथा स्नातकोत्तर तहका वार्षिक शैद्धन्तिक तथा प्रयोगात्मक परक्षिा स्थगित गरिएको सूचनामा अवगत गराएको छ ।