काठमाडौं/ १९ जेठ- नेपाल शिक्षक महासङ्घले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारसँग विभिन्न माग राख्दै र्भचुअल र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्दै आइरहेको महासङ्घले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
कोभिड-१९ का कारण धेरै मनिसहरु हताहात भएको भयावह अवस्थामा प्रत्यक्ष सडक आन्दोलनका कार्यक्रम ल्याउने र सञ्चालन गर्न सक्ने स्थिति नभएको र अनुकूल परिस्थिति हुनासाथ शिक्षक कर्मचारीका माग र मुद्दाका सवालमा कडा सडक आन्दोलन कार्यक्रम ल्याई सरकारलाई घुँडा टेकाउने आन्तिरिक तयारी र कार्यक्रमको खाका समेत बनीसकेको जनाएको छ ।
साथै देशको वर्तमान अवस्थालाई मध्यनजर गरी तेस्रो चरणको र्भचुअल आन्दोलनका कार्यक्रम सर्वजनिक गरेको छ । तेस्रो चरणको आन्दोलन जेठ २१ देखि असार ९ गते सम्म गर्ने निर्णय गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
जसमा जेठ २१ गते “कोभिड खोप नलगाए सम्म स्कुलहरु सञ्चालन हुदैनन” भन्ने नाराको स्टिकर बनाएर हरेक शिक्षक कर्मचारीले आ आफ्नो फेसबुक वालमा पोष्ट गर्ने र त्यसमा आफ्नै पालिकाभित्रका कम्तीमा १० जना शिक्षक कर्मचारी साथीहरुलाई ट्याग गर्ने । साथै उत्त नारा शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीको मोबाइलमा म्यासेज पठाउने ।
जेठ २३ महासङ्घका हरेक जिल्ला समितिले सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रत्य निर्वाचित तथा समानुपातिक सङ्घीय साँसद र प्रदेश सभा साँसदसँग शिक्षक कर्मचारीका माग मुद्दा,सम्झौता र अहिले बजेटबाट सिर्जित विभेदका विषयमा अनलाइन अन्तरकृया गर्ने । अन्तरक्रियामा महासङ्घ जिल्ला समितिका सबै,स्थानिय तहका मुख्य पदाधिकारी लगायत संलग्न हुने ।
जेठ २१ गते हरेक शिक्षक तथा कर्मचारीले “सरकार !हम्रो सबै माग पुरा गर” भन्ने वाक्य बोलि ३० सेकेण्डको भिडियो आफ्नो फेसबुक वालमा अपलोड गर्ने र जिल्ला भित्रका २५ जना साथिलाई ट्याग गर्ने ।
जेठ २७ गते हरेक प्रदेशले स्तरीय अनलाईन अन्तरक्रिया गर्ने । महासङ्घको प्रदेश समिति गठन नभएका प्रदेशको हकमा आवद्ध संस्थाले सरसल्लाह गरी कार्यक्रम गर्ने । अन्तरक्रियामा प्रदेश सरकारका सामाजिक विकास मन्त्री,प्रदेश सभामा रहेका हरेक राजनैतिक दलका एक एक प्रभावशाली सांसद र विपक्षी दलको नेतालाई आमन्त्रण गर्ने कार्यक्रमको घोषणा गरेको छ ।
जेठ २९ गते महासंघ राष्ट्रिय समितिले सबै पूर्व शिक्षा मन्त्रीहरुसँग अनलाइन अन्तरक्रिया आयोजना गर्ने । यस अन्तरक्रियामा पूर्व शिक्षा मन्त्रीहरुबाट शिक्षक कर्मचारीका माग ,मुद्दा तथा सङ्घीय शिक्षा ऐन जारी गर्ने पक्षमा सहयोगको प्रतिवद्धता लिने ।
जेठ ३१ गते शिक्षा सरोकार समुह (विद्यार्थी सङ्गठन,अभिभावक सङ्गठन,वि.व्या.सं महासङ्घ तथा शिक्षामा कामगर्ने सङ्घसंस्था) सँग केन्द्रिय तशमा अन्तरक्रिया गर्ने ।
त्यसै गरी असार ३ गते राष्ट्रिय समितिले नेपाल शिक्षक महासङ्घका माग र मुद्दा,सम्झौता र अहिलेको बजेटबाट सिर्जित विभेदको बारेमा पत्रकारहरुसंग अनलाईन अन्तरक्रिया गर्ने ।
साथै असार ५ गते आन्दोलनको समिक्षा गर्ने र १० गते चौथो चरणको आन्दोलन सार्वजनिक गर्ने निर्णय गरेको छ ।



