नेपाली सेनाले खुला सामरिक लेख प्रतियोगिता गर्ने, प्रथम पुरस्कार दुई लाख

काठमाडौं /३० बैशाख- नेपाली सेनाले खुला सामरिक लेख रचना प्रतियोगिता २०७८ आयोजना गर्ने भएको छ । सेनाले राष्ट्रिय तथा सामरिक विषयहरुमा खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उदेश्यले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

विगत दुई वर्ष देखि सञ्चालन गर्दे आएको “सामरिक लेख रचना प्रतियोगिता” को तेस्रो संस्करण यो वर्ष सेना दिवसको अवसरमा आयोजना हुने जानकारी दिएको छ ।

साथै प्रतियोगितामा सहभागी हुन इच्छुक लेखकहरुले साउन मसान्त भित्र लेख रचना पेश गर्नु पर्ने छ । लेख बिशुद्ध अराजनैतिक हुनु पर्ने,शब्द सिमा पैतिस सय देखि पाँच हजार सम्म हुनु पर्ने र प्रचलित अनुसन्धान पद्धतिलाई पालना गर्नु पर्ने छ ।