कोरोना अपडेट:पछिल्लो चौबीस घण्टामा ८९६० जनामा संक्रमण, २१४जनाको मृत्यु

काठमाडौं/३० बैशाख–पछिल्लो चौबीस घण्टामा ८९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९,४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा ८,९६० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी चौबीस घण्टामा २१४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ४,४६६ जनाको मृत्यु भएको छ ।