शिक्षकलाई खोप उपलब्ध नगराउँदासम्म विद्यालय नजाने चेतावनि

काठमाडौं /२५ बैशाख – नेपाल शिक्षक सङ्घले सम्पुर्ण शिक्षाकर्मीहरुका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ । अन्यथा राज्यले खोप उपलब्ध नगराउँदासम्म विद्यालय नजानका लगि शिक्षकहरुलाई आग्रह गरिने विज्ञप्ति मार्फत चेतावनि दिएको छ ।

काभिड-१९ ले मुलुक आक्रान्त भइरहेको बेला राज्यको हेपाहा र गैरजिम्मेबार व्यावहारका कारण शिक्षाकर्मीहरु बढी जोखिममा परेको,दैनिक सयौको संख्यामा शिक्षक तथा विद्यालय कर्मचारीहरु संक्रमित र दर्जनौँ शिक्षक कर्मचारीहरु हाताहाती भएको भन्दै तत्काल खोप उपलब्ध गराउन भनिएको छ ।

त्यसै गरी ठुलो संख्यामा शिक्षाकर्मीहरु गुमाउँदाको पीडा र शोकमा रहेको यस अत्यान्त विषम, संवेदनशील र गम्भीर परिस्थितिमा आम शिक्षक तथा कर्मचारीहरुको स्वस्थ्य सुरक्षा र परिवारजनको सामाजिक सुरक्षाका लागि नेपाल शिक्षक सङ्ले सरकारसँग माग गरेको छ ।

सङ्ले यस्तो विषम परिस्थतिमा समेत विद्यालयमा उपस्थित हुनुपर्ने अमानबीय उर्दी लगाउने स्थानिय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न , संक्रमितका लागि निःशुल्क र सुलभ स्वस्थ्य उपचारको प्रबन्ध गर्न,स्वस्थ्य सरक्षा बिमाको व्यवस्था गर्न,मृतकका परिवारलाई उचित क्षतिपूर्ति र परिवारको कुनै एक सदस्यलाई रोजगारी दिनु पर्ने,पेन्सन अवधि नपुगेको भए अवधि थप गरी परिवारलाई निविृत्तिभरण उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ ।

साथै कोभिड-१९ को संक्रमणबाट संक्रमित भई दिवंगत हुनुभएका नेपाल शिक्षक सङ्घका सदस्य परिवारलाई संघीय कार्यसमितिको तर्फबाट दश हजार उपलब्ध गराउने निर्णय गरेको छ ।