बढ्दो बाल यौन दुुव्र्यवहार,८७ प्रतिशत घटना चिनेकै मान्छेबाट


काठमाण्डौं/११ पुष–पाँचथर कुम्मायक गाउँपालिकामा बसोबास गर्ने एक ६ वर्षिय बालिका माथि २१ वर्षिय अन्तरे नामले चिनिने युुवकले बलात्कार गरे । त्यस्तै, कक्षा ६ मा अध्यानरत १३ वर्षिय बालिका माथि २४ वर्षिय सन्तोष लिम्बूले जबस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । यो त केबल उदाहरण मात्र हो । नेपाल जस्तो विकासोन्मुुख देशमा हरेक दिन बालबालिका माथि यौन दुव्र्यवहार भई रहेको हुन्छ ।
राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा २ सय ४३ जना बालबालिका यौन दुव्र्यवहारमा परेका थियो भने ०७५/७६ मा २ सय ५२ जना दुव्र्यवहार परेका थिए । पछिल्लो समय सूचना प्रविधिको बढ्दो दुरुपयोगले यौन दुव्र्यवहार बढाउन भूमिका खेलेको छ ।


के हो त बाल यौनजन्य दुुव्र्यवहार ?


कुनै पनि कम उमेरका बालबालिका माथि कुनै पनि वयस्क मानिसले यौनजन्य क्रियाकलाप गर्छ वा गर्ने प्रयास गर्छ भने त्यसलाई बाल यौन दुुव्र्यवहार भनिन्छ । संयुक्त राष्ट्र संघको अनुसार बाल यौन दुव्र्यवहार भन्नाले बालबालिकाले अवगत भएर सहमति दिन नसक्ने, बालबालिका विकसित रुपमा तयार नभएको र कानुुन तथा सामाजिक मर्यादालाई उल्लघंन गर्ने क्रियाकलापमा बालबालिकालाई संलग्न गराउनुु हो । बाल यौन दुव्र्यवहारलाई जघन्य अपराधका रुपमा लिएको छ ।
नेपालले पनि बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ मा बालबालिका विरुद्धको कसूर अन्तर्गत बाल यौन दुव्र्यवहारको विषयलाई उठान गरेको छ ।

ऐन अनुसार यी कार्य गरेमा बाल यौन दुव्र्यवहार भएको मानिन्छ ।
क) अश्लील चित्र, यौनजन्य आचरण वा व्यवहार झल्किने हाउभाउ गर्ने वा अश्लीलता प्रदर्शन गर्ने वा गराउने,
ख) बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वितरण गर्ने,
ग) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने,
घ) अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने,
ङ) यौनजन्य मनसायले शरीरको अङ्गमा छुने, चुम्बन गर्ने, समाउने, शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने,
च) बाल यौन शोषण गर्ने वा गराउने,
छ) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने ।
गरिब, निमुखा, असाहय वर्गका बालबालिकाहरु बढी दुुव्र्यवहारमा पर्ने हाम्रो सोचाई छ, जुन गलत हो । धनी, सम्पन्न वर्गका बालबालिका पनि उत्तिकै मात्रामा बाल यौन दुुव्र्यवहारको शिकार हुने गर्छन् । यसैगरी, हामीमा अर्को गलत धारण के रहेको छ भने यौन दुव्र्यवहार अपरिचि व्यक्तिबाट हुन्छ । त्यसैले, नचिनेको मानिसले दिएको कुरा नखान र नचिनेको मानिससँग नबोल्न बालबालिकाहरुलाई सिकाइन्छ तर अधिकांश यौन दुव्र्यवहार चिनेजानेकै व्यक्तिहरुबाट हुने गरेको पाइएको छ । एक अध्ययन अनुसार ८७ प्रतिशत घटना चिनेका मान्छेबाट हुने गरेको पाइन्छ ।
यस्तै,अहिले प्रविधिको बढ्दो प्रयोग सँगै अनलाइनबाट हुने दुुव्र्यवहार पनि उत्तिकै मात्रामा बढ्दै गईरहेको छ । एकतिर प्रविधिले मानव जीवनलाई छिटो, छरितो र सहज बनाई दिएको छ भने अर्कोतिर विकृती भित्राएको छ । इन्टरनेटको बढ्दो प्रयोगले गर्दा पनि बालबालिकाहरु यौन दुव्र्यवहारको उच्च जोखिमका रहेको पाइन्छ । बालबालिकाहरु मोबाइल, ल्यापटप, कम्प्युुटरको माध्यमबाट विभिन्न सामाजिक सञ्चाल जस्तै : फेसबुुक, इस्टाग्राम, भाइबर तथा अनलाइन गेमहरु खेल्ने गर्छन्, जसले अनलाइन यौन दुुव्र्यवहारमा पर्ने सम्भावना बढाउँदै लगेको छ ।


वि.सं.२०१७ मा लग्जमवर्गले काठमाडौं उपत्यकामा इन्टरनेट प्रयोग गर्ने ४ सय ५२ बालबालिका ( २ सय १२ जना बालिका र २ सय ४० जना बालक) माथि सर्वेक्षण गरेका थिए । इन्टरनेट चलाउने कूल बालबालिकामा १३.७ प्रतिशत अनलाइन दुव्र्यवहारमा पर्ने गरेको पाइएको थियो । यदि कोही बालबालिकाहरु यौन दुुव्र्यवहारमा परेका छन् भने कसैलाई पनि सहजै रुपमा भन्दैनन् । समाजबाट तिरस्कार हुने पर्ने डर र समाजले हेर्ने नराम्रो दृष्टिकोणका कारण पनि कति घटनाहरु सार्वजनिक हुँदैन भने कति बालबालिकाहरुलाई आफू यौन दुुव्र्यवहारको शिकार भएको समेत थाहा हुँदैन । बालबालिकाको उमेर भनेको खेल्ने, पढ्ने तथा नयाँ नयाँ कुराहरु सिक्ने उमेर हो । तर, यौन दुव्र्यवहारमा परेमा शारिरीक, मानसिक, सामाजिक र संवेगात्मक परिवर्तन देखापर्छ ।


यौन दुव्र्यवहारमा परेका बालबालिकामा देखिने केही असरहरु यस्ता छन् :


– यौन दुव्र्यवहार भोगेका बालबालिका एक्लोपन महशुुस गर्छन्
– रिसालु र झगडालु हुने
– आत्मविश्वास गुुमाउने
– नराम्रो संगतमा लाग्ने
– मानसिक रोगको शिकार हुुने
– अन्य बालबालिका झै खेल्न, पढ्न मन नगर्ने जस्ता असरहरु देखापर्छन् ।
धेरै जसो बालबालिकाहरु यस प्रकारको हिंसाबाट गुुज्रिरहेका हुन्छन् । राज्य तथा सरकारले यस्तो क्रियाकलाप गर्ने मानिसलाई सजाय दिइरहेको भएपनि बालबालिकाहरु आफैमा यसबाट कसरी बच्न भन्ने ज्ञानको कमी हुँदा पनि असुरक्षित हुने गरेका छन् ।

यौन दुव्र्यवहारबाट कसरी बच्ने त ?


१) आफूले चिनेका वा नचिनेका मानिसले यौनजन्य क्रियाकलाप वा व्यवहार तथा भाषा प्रयोग गरेमा त्यस्ता मानिसहरुसँग लामो समयसम्म एकान्तमा नबस्ने
२) घरमा एक्लै हुँदा कोही नचिनेको व्यक्तिलाई घरभित्र आउन नदिने र मानिस आएमा तुुरुन्त आफ्ना बुुबाआमालाई खबर गर्ने
३) सामाजिक सञ्जालमा नराम्रो तस्बिरहरु पठाउने वा यौन आशय झिल्किने क्रियाकलाप गर्ने मानिससँग पर बस्ने
४) घरबाट बाहिर घुम्न गएमा वा कतै गएमा अभिभावकलाई जानकारी दिने
५) अपरिचित मानिसले दिएको खानेकुराहरु नखाने
६) यदि केही व्यक्तिले अश्लील भाषा र तस्बिर देखाउँछ भने अभिभावकलाई वा आफूूभन्दा ठूूला व्यक्तिलाई भन्ने ।
हामीले यी कुराहरुमा ध्यान दिएर पछि आफूलाई केही हदसम्म यौन दुुव्र्यवहारबाट जोगाउन सक्छौं । हामीलाई कसै माथि शंका लाग्छ भने पनि हामीले अभिभावक वा आफूभन्दा ठूला व्यक्तिलाई जानकारी दिने । यौनजन्य दुुव्र्यवहार पराईबाट मात्र नभई आफैले चिनेका आफन्त र नातागोताबाट पनि हुने भएकाले कसैको व्यवहार माथि शंका लाग्छ भने सजक भई हाल्नुपर्छ ।

बालबालिकामाथि कुनै पनि प्रकारको जबरजस्तीकरणी गरेमा मुुलुकी अपराध संहिता २०७४ अनुसार यस्तो सजायको व्यवस्था गरिएको छ ।


१) दश वर्षभन्दा कम उमेरकी बालिका भएमा जन्म कैद
२) दश वर्षभन्दा बढि १४ भन्दा कम भएमा १८ देखि २० वर्ष सम्म कैद
३) १४ देखि १६ वर्ष भएमा १२ देखि १४ वर्ष कैद
४) १६ देखि माथि १८ वर्ष सम्म भएमा १० देखि १२ वर्ष सम्म कैद