काठमाडौं /५ पौष – विद्यालय भन्ने बित्तिकै हाम्रो दिमागमा धेरै कक्षाकोठा, सानो खेल्ने ठाउँ, शिक्षक, ह्वाइट बोर्ड, किताब कापी, डेक्स बेञ्चको आकृति बन्छ । किनकि हामी प्रायः यस्तै प्रकारको स्कुलमा खेलेर पढेर हुकेका हौं । तर विश्वमा यस्ता स्कुलहरु पनि छन्, जुन सुन्दा पनि अच्चम र अनौठो लाग्छ । जहाँ विद्यार्थीहरुलाई बेग्लै तरिकाबाट शिक्षण गराइन्छ ।
१. द केव स्कुल, चाइना
चाइनामा रहेको द केव स्कुल विश्व चर्चित स्कुल हो । गुफा भित्र अध्यापन हुने भएकाले यस स्कुलको नाम केव स्कुल राखिएको हो । गरिबीका कारण अध्ययन गर्न नसकेका बालबालिकालाई अध्यापन गराउने उद्देश्यले सन् १९८४ मा स्थापना गरिएको थियो । यो स्कुल चाइनाको माओ नामक गाउँमा रहेको छ ।सन् २०११ मा भने चाइना सरकारले स्कुल बन्द गरिदियो ।
२. डुंगाको स्कुल
सुन्दा अचम्म लाग्न सक्छ, डुंगाको स्कुल तर बंगलादेशमा धेरै बाढी आउने भएकाले यस्तो स्कुल स्थापना गरिएको हो । बाढीका कारण बालबालिका शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यस्तो स्कुलको स्थापना गरिएको हो । विद्यार्थीहरु डुंगामा बसेर नै अध्ययन गर्ने गर्छन् भने शिक्षकहरु अध्यापन गराउँछन् ।
३. द क्युविकल स्कुल
डेनमार्कस्थित रहेको यो स्कुलमा ठूलो व्यायमशाला राखिएको छ जसलाई ‘ड्रम’ भनिन्छ । जहाँ विद्यार्थीले बसेर सोच्ने र आफ्नो काम गर्ने गर्छन् । यो स्कुलमा पर्खाल लगाइएको छैन । जसले गर्दा विद्यार्थी खुल्ला वातारणमा बसेर अध्ययन गर्छन् ।
४. ग्रीन स्कुल
इन्डोसियामा रहेको ग्रीन स्कुुल बाँस र परालबाट बनेको छ । यो विद्यालय जंगलमा छ । यहाँ विद्यार्थीहरुको अध्यापनलाई दिगो बनाउनका लागि प्राकृतिक वातावरणमा अध्यापन गराइन्छ । यो स्कुलको स्थापन २००८ सालमा भएको हो ।
५. फिलेडेल्पिया स्कुल
यो स्कुलको स्थापना सन् २००६ सालमा भएको हो । विद्यालयमा बालबालिकालाई पढ्नका लागि किताब लानु पर्दैन । यस स्कुलमा विद्यार्थीहरु कम्प्युुटरको माध्यमबाट अध्ययन गर्ने गर्छन् भने शिक्षक पनि स्मार्ट र्बोडको मद्दतबाट पढाउने काम गर्छन् । यस स्कुलमा विद्यार्थीलाई प्राविधिक सामग्रीको प्रयोग गरेर पढाइन्छ ।