नेपाल खुला विश्वविद्यालय नियमित रुपमा कलेज जान नसक्ने विद्यार्थीको लागि भनेर खोलिएको विश्वविद्यालय हो । यास विश्वविद्यालयमा स्नातक तहमा बीबीए, बीबीएस, एलएलबी पढाइ हुन्छ । त्यसैगरी स्नाकोत्तर तह अन्तर्गत एमबीए, मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेसन(एमबीए) पढाइ हुन्छ । नेपाल खुला विश्वविद्यालयको एमबीए अन्य विश्वविद्यालयको भन्दा फरक एमबीए भने होइन । खुला विश्वविद्यालयको पाठ्यक्रमले पनि अन्य विश्वविद्यालय सरह अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ । तर अरु विश्वविद्यालयको दाँजोमा हेर्ने हो भने केहि केहि कुरामा फरक पाइन्छ । नेपाल खुला विश्वविद्यालयका विद्यार्थीले प्रथम वर्षमा नै कुनै एक स्पेसिफिक विषयमा अध्ययन गरिसकेका हुन्छन् जसले गर्दा उनीहरुलाई पोष्ट ग्रयाजुएसन डिप्लोमा(पीजीडी) गर्दा सजिलो हुन्छ ।
नेपाल खुला विश्वविद्यालय अन्तर्गत मार्केटिङ, फाइनेन्स, इन्टरप्रेनरसीप, बैंकिङ, इन्स्योरेन्स पढाइ हुन्छ । तर विद्यार्थीको सङख्या कम भएका कारणले गर्दा अहिले मार्केटिङ, फाइनेन्स, इन्टरपे्रनरसीप मात्र पढाइ भइरहेको छ । विश्वविद्यालले हरेक ६ महिनाको अन्तरालमा भर्ना लिन्छ । विश्वविद्यालयले हरेक भर्नामा ५० जना विद्यार्थी मात्र लिनेगरेको ब्यवस्थापक संकायकि डिन प्रो.डा. शिलु मान्नधर बज्राचार्यले बताईन । यस विश्वविद्यालयमा एमबीए साँझको ७ बजे देखि १० बजे सम्म पढाइ हुन्छ । विद्यार्थी भर्ना भईसके पछि कलेजको परिचय पत्र प्राप्त गरेका हुन्छन् जसका आधारमा घरमै बसेर विद्यार्थीले अध्ययन गर्छन् ।
विद्यार्थीहरुले आफ्नो गृहकार्य तथा आफ्नो प्रोजेक्ट पनि अन्लाइन मार्फत पठाउने व्यावस्था विश्वविद्यालयले गरेको छ । त्यसैगरी अन्लाइन कक्षामा हाजिर हुन नसक्ने विद्यार्थीको लागि अर्को विकल्प पनि रहेको छ , त्यो हो रेकडिङ । रेकडिङ मार्फत पनि विद्यार्थीले अध्ययन गर्न सक्छन् । त्यसको साथ साथै विद्यार्थीका लागि भनेर कन्टयाक सेसन राखिएको छ । त्यसमा शिक्षक र विद्यार्थीको भेट गराई पढाई सम्बन्धी छलफल हुन्छ । विद्यार्थीले अनलाइन मार्फत अध्ययन गर्ने भएता पनि परीक्षा भने लिखितमा नै दिनु पर्ने हुन्छ ।
एमबीए पढ्ने विद्यार्थीको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो फिल्ड भिजिट, प्रिजेन्टेसन, सेमिनार र इन्र्टन । यसको लागि अरु विश्वविद्यालयको एमबीएमा यस्तो सेसनहरु राख्नको लागि विद्यार्थीहरु दैनिक रुपमा कलेजमै हाजिर हुन आवश्यक हुन्छ । तर खुला विश्वविद्यालयको एमबीए अध्यायन गर्ने विद्यार्थीको लागि यी सबैकुराको आवश्यकता त हुन्छ तर याँहा अध्ययन गर्ने विद्यार्थी कुनै न कुनै क्षेत्रमा संलग्न भईसेको हुदाँ उनीहरुलाई यस विषयमा भिज्न र प्राटिकल गर्न सजिलो हुन्छ ।
खुला विश्वविद्यालयमा २ वर्षको एमबीएमा सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुन्छ । नियमित रुपमा अध्ययन गर्ने विद्यार्थीले २ वर्षमा नै एमबीए सक्छन् भने समय नभएका विद्यार्थीले ८ वर्षको अवधि भित्र एमबीए सक्नु पर्छ । शुल्क भने खुला विश्वविद्यालयले एक सेमेष्टरको ६० हजार तोकेको छ ।