काठमाडौ/ ३ माघ – काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघ र डा. गोविन्द केसी सहितकले पटक–पटक एउटै व्यक्तिलाई उपकुलपतिमा सिफरिस नगर्न भन्दै आज माइतिघर मण्डलामा नागरीक प्रदर्शन गरेका छन ।
एक व्याक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धति विकास गर्न,निश्चित मापदण्ड र पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्तिलाई चयन गर्न, योग्य सक्षम, निष्ठावान र कहिँकतै विवादित नभएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिन संघले माग गर्दे आएको छ । साथै प्रध्यपक संघ र कर्मचारीसंग गरिएको संझौता पालना गर्न भनिएको छ ।
डा. गोविन्द केसीले बिहीबार विज्ञप्ति जारी गर्दे काठमाडौं विश्वविद्यालयमा योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने माग राखेका छन् ।










