एसईईको परीक्षा जेठमा सार्न मन्त्रालयको प्रस्ताव


काठमाडौं/२१ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी जेठमा गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्मा पेश गरेको छ ।

विद्यार्थीको समस्यालाई ध्यानमा राखेर यो पटकका निम्ति कक्षा १० मा स्थानान्तरण प्रस्ताव गरिएको र त्यसका निम्ति केही ऐन–नियमसमेत संशोधन हुनुपर्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

कोभिड–१९ का कारण सहरमा पढ्दै गरेका कतिपय विद्यार्थीहरु गाउँघर फर्किएका छन । यसले गर्दा पनि मन्त्रालयले गाउँघरमा रहेका विद्यार्थीले सहज रुपले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन पाउने भनि नीति अघि बढाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले मन्त्रालयको प्रस्तावसँगै कक्षा १० मा अध्ययनरत विद्यार्थीको विवरण माग गरेको छ । एसईई परीक्षा सञ्चालनका निम्ति स्थानीय तह, प्रदेश, सम्बन्धित विद्यालय र संघीय सरकारमार्फत् सञ्चालन गर्ने भनेर चारवटा विकल्प अघि बढाइएको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालनको जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।

मन्त्रालयले शैक्षिक सत्र गुम्न नदिन अर्को वर्षको दुई महिना चालु सत्रमा गाभ्ने प्रस्तावलाई समेत अघि सारेको छ । यसकारण अर्को वर्षको सत्र १० महिनाको मात्र रहने भनि प्रस्तावमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *