७ महिना पछि वीरगन्ज महानगरका सामुदायिक विद्यालय खुले

काठमाडौं /१७ कार्तिक – लामो समय पछि वीरगन्ज महानगरपालिकाका सामुदायिक विद्यालय सोमबार देखि खुलेका छन । कोभिड १९ का कारण विगत ७ महिनादेखि बन्द रहेका सामुदायिक विद्यालय सोमबारदेखि खोल्ने वीरगन्ज महानगरपालिकाले निर्णय गरेको हो ।

आइतबार सबै सरोकारवाला सँगको बैठक बसेर गरीएको निर्णयमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कक्षा ८ देखि १२ सम्मको मात्रै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको महानगरले जानकारी दिएको छ ।

साथै विद्यार्थीको हात साबुनपानीले धुनका लागि महानगरपालिकाले प्रत्येक विद्यालयमा २ थानका दरले रेडिमेड वास बेसन जडान गरिदिने भएको छ ।

सोमबारदेखि सन्चालन गरीएका विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने छ भने त्यसकै आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गर्ने पनि जानकारी दिएको छ । तर कक्षा १ देखि ५ सम्मको पठनपाठन भने तत्काल सञ्चालन हुने छैन ।

वीरगन्ज महानगरपालिका भित्र कक्षा ८ देखि १० सम्मको पठनपाठन हुने सामुदयिक विद्यालय ३१ वटा छन ।