काठमाडौं/२२ मंसिर–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा महाशाखाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि आवेदन खुलाएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार समृद्ध नेपाल निर्माणको आधार कार्यक्रमअन्तर्गत आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गर्ने नेपाल सरकारको नीति बमोजिम प्राविधिक शिक्षा सञ्चालन गर्नका लागि आवेदन खुलाएको हो । सीटीईभीटीले हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) र निजी क्षेत्रमा सञ्चालन भएका शिक्षालय एवं साबिकको शिक्षा विभागबाट अनुमति लिई सामुदायिक विद्यालयमा प्राविधिक धार (९–१२) सञ्चालन भएका स्थानीय तहहरु बाहेक प्राविधिक शिक्षाको पहुँच पुग्न बाँकी स्थानीय तहमा शैक्षिक शत्र ०७७÷०७८ देखि प्राविधिक एस.एल.सी (स्वास्थ्यबाहेक बाली विज्ञान, पशु स्वास्थ्य, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, कलिनरी आर्ट र अन्य कार्यक्रम सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयहरुले आवेदन दिन सक्नेछ ।
सीटीईभीटीले कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र रोजगारीको सुनिश्चितता हुने गरी गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालन गर्न इच्छुक सामुदायिक विद्यालयहरुले परिषदले तोकेको पूर्वाधार निर्देशिका बमोजिम गुणस्तरीय प्रशिक्षण गराउन सक्ने स्थानीय सरकारको सहमति सहित ०७६ पुस २७ गतेभित्र आवश्यक कागजातहरु संलग्न गरी सम्बन्धित प्रदेश कार्यालयमा आवेदन पेस गर्नुपर्ने जानकारी दिएको छ ।
आवेदन फारमका साथ पेस गर्नुपर्ने कागजातहरु :
१) सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय
२) प्रयोगात्मक अभ्यास गराउनका लागि सम्बन्धित निकायरसस्थाहरूसँगको सम्झौता पत्र
३) विद्यालयमा एस।ई।ई परीक्षामा सामेल हुने विद्यार्थीहरूको चापको विवरण
४) विद्यालयमा रहेको स्वच्छ पिउने पानी, शौचालय, बिजुली र सञ्चार सुविधा, मौजुदा भौतिक पूर्वाधार, भवन र खेल्ने मैदानको विवरण
५) विद्यालयमा जनसहभागिता सहितको सम्भावित कार्यक्रम सञ्चालनार्थ आर्थिक योजना
६) विद्यालयमा कार्यरत प्रशिक्षक तथा कर्मचारीको विवरण
७) विद्यालयबाट उत्पादित हुने विद्यार्थीको रोजगारीको सम्भावनाको विवरण
८) कार्यक्रम सञ्चालनका लागि सम्बन्धित विषयका कम्तीमा दुईदुई जना प्रशिक्षक र सहायक प्रशिक्षकहरूको
शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रसहितको प्रतिबद्धता पत्र गुणस्तरीय प्रशिक्षण व्यवस्थापनका लागि लाग्ने व्ययभार व्यवस्थापनमा स्थानीय तहको प्रतिबद्धता पत्र ९एक पालिकामा एउटा विद्यालयलाई मात्र सिफारिस गरिएको हुनुपर्ने ।