नयाँ दिल्ली /१९ असोज – कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्ली र यस आसपासका विद्यालयहरू अक्टोबर महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षा मन्त्री मनीष सिसोडियाले आइतवार जानकारी दिएका छन् ।
उनका अनुसार “दिल्लीमा बन्द रहेका विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द राख्ने निर्णय भएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु ।” भारतको जि न्युजले समाचार लेखेको छ ।
यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५सम्म बन्द गर्ने निर्देशन जारी गरिएको थियो ।
दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ ।
आइतबारको तथ्याङ्क अनुसार भारतमा कूल ६५ लाख ४९ हजार ३७३ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने एक लाख एक हजार ७८२ जनाको मृत्यु भएको छ ।
जि न्युजमा समाचार छ ।



