राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले मनायो दोस्रो वार्षिकउत्सव


काठमाडौ/ १७ असोज – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका )ले आफ्नो दोस्रो वार्षिकउत्सव मनाएको छ । कोरोना कहरको विचमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दे नेकाले आफ्नो वार्षिकउत्सव मनाएको हो ।


कोभिड -१९ माहामारी र लकडाउनका कारण खाना खान समस्या भएका व्यात्तिहरुलाई खाना खुवाएर वार्षिकउत्सव मनाएको छ । हाम्रो सानो प्रयास सँगको सहकार्यमा आज काठमाडैंको टुडिखेलमा खाना खुवाएको हो । नेकाले संस्थागत कार्य साथै अबका दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दे अगाडि बढ्ने सचिव दिपक कोईरालाले बताए ।


त्यसै गरि नेकाको प्रदेश १. शाखाद्धरा पनि वार्षिकउत्सवमा परोपकार तथा अनुसन्धान केन्द्र द्धारा सञ्चालित वृद्धाश्रममा जेष्ठ नागरिकलाई खाना खुवाएर मनाएको छ ।


सामाजिक उत्तर दाइत्वको साथ साथै परामर्श कर्मलाई प्रभावकारी र सबैको पहुँचमा पुग्ने बनाउँदै यसमा विद्यमान रहेका बेथितिको अन्त्य नै अबको ध्येय रहेको नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले बताए ।