काठमाडौं /१० असोज – लामो समय देखि रिक्त रहेका दुई विश्वविद्यालयले बल्ल उपकुलपति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कृषि तथा वन विश्वविद्यालयमा प्रा.डा. पुण्य रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने र पोखरा विश्वविद्यालयमा प्रा. डा. प्रेम नारायण अर्याललाई नियुक्त गर्नु भएको छ ।
विभिन्न कारण देखाइ उपकुलपति नियुत्तिमा ढिलाइ भएको थियो । उपकुलपति नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको प्रस्तावमा उपकुलपति नियुत्ति गरिएको हो ।
तिन वटै विश्वविद्यालय अघिल्लो भदौदेखि पदाधिकारी विहीन थिए । पदाधिकारी नहुँदा तिनवटै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक क्रियाकलाप लथालिंग भएका छन् कृषि तथा वन विज्ञानमा प्रा.डा. शारदा थपलिया निमित्तको जिम्मेवारीमा थिइन उनी त्यति खेर पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको डिन थिइन्। तर, उनको डिनको जिम्मेवारी गत जेठमै सकिएको थियो
नेपाल संस्कृतमा गत वर्ष तत्कालीन उपकुलपति कुलप्रसाद कोइरालाको पदावधि सकिएपछि पूर्वरेक्टर निमित्तको हैसियतमा थिए । तर, दैनिक कामचलाउबाहेक उनको नेतृत्वमा उन्नतिको काम भएको छैन । विश्वविद्यालयमा रेक्टर, सेवा आयोग, विश्वविद्यालय सभा रिक्त छन्। १४ वटा आंगिक क्याम्पसमध्ये सबैमा प्रमुख रिक्त रहेको विश्वविद्यालयका निमित्त रजिस्ट्रार माधव अधिकारीले बताए। दुईवटामा पनि पूर्ण अधिकारप्राप्त क्याम्पस प्रमुख छैनन्। कतिसम्म भने यो विश्वविद्यालयले नौ वर्षदेखि दीक्षान्तसमेत गर्न सकेको छैन।
गत वर्ष नै उपकुलपतिलगायत महत्वपूर्ण पद रिक्त रहेको पोखरा विश्वविद्यालयमा व्यावस्थापक संकायका डिन हरि खड्काले जिम्मेवार समाल्दै आएका थिए । पोखरा विश्वविद्यालयमा रजिस्ट्रार, परीक्षा नियन्त्रक, तीनवटा संकायको डिन, तीन कार्यकारी निर्देशक, तीन स्कुल निर्देशकलगायत रिक्त छन ।



