स्थानिय विद्यालयका लागि बाग्मती प्रदेशले माग्यो २३७ नर्स


काठमाडौं/ ८ असोज – स्थानिय तह तोकिएका विद्यालयका लागि बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स माग गरेको छ । मन्त्रालयले करारमा नियुक्ति गर्ने गरी आज दरखास्त आव्हान गर्दे सुचना प्रकाशित गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले २१ दिन भित्र अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २ जना प्रति स्थानीय ११८ स्थानीय तहका लागि २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कूल २३७ जना विद्यालय नर्स नियुक्ति गर्न दरखास्त आव्हान गरेको हो । एक उम्मेदवारले एक स्थानीय तहमा मात्र उम्मेदवार हूुन पाउने सुचनामा भिनिएको छ ।