पाठ्यक्रम विकास केन्द्र द्धारा ११ मा भर्नाको आधारमा परिमार्जन


काठमाडौं /३ असोज – पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि आधार केहि परिमार्जन गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ मा भर्नाका लागि पाठ्यक्रम विकास केन्द्रले भदौ २ गते सुचना सर्वजनिक गरेको थियो । तर फेरी असोज २ गते अर्को सुचना निकाल्दै कक्षा ११ मा भर्नाका लागि आधारमा केहि संशोधन गरेको छ ।


कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्नका लागि औसत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । यस्तै, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका अन्य विषय अध्ययन गर्नका लागि जिपिए १.६ ग्रेड हुनु पर्ने जनाएको छ ।


केन्द्रले प्राविधिक तथा व्यवसायिक शिक्षा र परम्परागत शिक्षा अध्ययनका लागि भने पुरानै भर्ना आधार मान्ने हुने जनाएको छ ।