मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा असोज १७ गतेदेखि


काठमाडौ/२ असोज – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोभिड -१९ का कारण स्थगित भएका परिक्षा गर्ने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षाको परीक्षा तालिका विहिबार प्रकाशित गरेको छ । परीक्षा असोज १७ गते देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ । साथै परीक्षा विहान ८ बजेबाट सुरु भई अपराह्न ४ बजे भित्र परीक्षार्थीले विश्वविद्यालयले तोकिएको इमेल ठेगानामा पठाई सक्नुपर्ने छ ।

विश्वविद्यालयले तोकेको परिक्षा केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति गराई परिक्षा संचालन गर्न सम्भब नभएपछि “वैकल्पिक विधिबाट परिक्षा संचालन,व्यावस्थापन,र मुल्याङकन प्रणाली सम्बन्धि निर्देशिका २०७७” अनुसार वैकल्पिक विधिबाट परिक्षा संचालन गर्ने भएको हो ।

http://muexam.edu.np/uploads/news/ZaPMjY2LSqlZ8H8I.pdf