काठमाडौं /२ असोज – गत साता फ्रान्समा कोरोना भाइरसको संक्रमण देखिए पछि २८ विद्यालय बन्द भए । अहिले बन्द हुने विद्यालयको संख्या बढिरहेको छ । फ्रान्सका विद्यार्थीहरुलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएसँगै अहिले ८१ विद्यालयहरु बन्द भएका छन् ।
साथै कोरोना भाइरस संक्रमणको कारणले दुई हजार एकसय व्यक्तिगत कक्षाहरु पनि बन्द गरिएको छ । फ्रान्सका शिक्षामन्त्री जिन मिचेल ब्लांक्युरले तीन विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएसँगै यस्तो निर्णय गरिएको बताएका छन् । पछल्लो एक सातामा मात्र एक हजार दुईसय विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।
त्यसै गरि फ्रान्सको रेन्नेस युनिभर्सिटीले ८३ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै दोस्रो र तेस्रो वर्षमा अध्ययन गरिरहेका मेडिकल विद्यार्थीहरुको पढाइ रोक्ने निर्णय गरेको थियो ।
स्रोत: बीबीसी



