शैक्षिक आयाम विस्तार गर्दै एभरेष्ट एजुकेशन फाउन्डेसन

काठमाडौं/२४ भदौ – प्रदेश १ कै गुणस्तरीय शिक्षण संस्थाको रुपमा स्थापित विराटनगर–५ को एभरेष्ट एजुकेशन फाउन्डेसनले विराटनगरमा स्थापित एम्स कलेज खरिद गरेको छ । पिजी टु पिजीको (प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएट) को शिक्षण संस्था बनाउने अभियानमा जुटेको फाउन्डेसनले उक्त कलेज खरिद गरेको हो ।


त्रिभुवन विश्वविद्यालयका बिएससी सिएसआईटी, बिबिएस, बिएचएम र बिएका कोर्ष पढाइ हुने कलेजलाई फाउन्डेसनले आफ्नो स्वामित्वमा लिएको हो । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष तथा फाउन्डेसनका प्रबन्ध निर्देशक टीकाराम पुरीले कलेजको क्षमतालाई विस्तार गरी सबै तह र विषयलाई विश्व स्तरीय बनाउने बताए ।


यस अघि फाउन्डेसन अन्तर्गत विराटनगर ५ मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल र एभरेष्ट कलेजका तीन वटा सुविधा सम्पन्न भौतिक संरचना सहितका शिक्षण संस्था संचालनमा छन् भने सुनसरीको ईटहरी उपमहानगरपालिकामा पाथीभरा सेकेण्डरी स्कुल सञ्चालनमा छ ।


एभरेष्टका सबै शिक्षणसंस्थालाई उच्च प्रविधियुक्त बनाइएको उनले भनाइ छ । अहिले फाउन्डेसन अन्तर्गत संचालित शिक्षण संस्थाहरूमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन् । प्ले ग्रुप देखि स्नातक तह सम्मको अध्यापन गर्दै आएको एभरेष्टले चाँडै स्नातकोत्तर तह पनि सुरु गर्ने तयारी गरेको छ ।