राहत शिक्षकहरुलाई प्रताडित गर्न खोजेको संघको भनाइ

काठमाडौं/२३ भदौ – नेपाल शिक्षक संघ काठमाडौं जिल्लाले जिल्ला भित्रका कुनै पनि स्थानिय तहमा दरबन्दी मिलानको कामलाई अघि नबढाउन आग्रह गरेको छ । संघले दरबन्दी मिलानको प्रक्रिया अघि बढाएमा शिक्षकहरुको हकहितको रक्षाका लागि बाध्य भएर कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

संघले आज जारी गरेको वक्तव्य सरकारले अघि बढाएको दरबन्दी मिलान प्रक्रिया उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र दरबन्दी मिलान तथा पुनःविरतण कार्यदलको सुझाव समेतको पालना नगरेको उल्लेख गरेको छ । यस्तै, दरबन्दी मिलानका अहिलेको आधारले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सम्झौता पनि उल्लंघन गरेको संघको भनाइ छ । सरकारले दरबन्दी मिलानको अभियानमा राहत शिक्षकहरुलाई अझ बढी प्रताडित गर्न खोजेको संघको भनाइ छ ।