प्राविधिक जनशक्ति उत्पादन गर्ने स्थानीय सरकारको नमुना कलेज


काठमाडौं/१९ भदौ – प्राविधिक जनशक्ति उत्पादनमा जोड दिँदै तुलसीपुरमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने भएको छ । स्थानीय सरकारले पनि कलेज सञ्चालन गर्न सक्छ भन्ने उदाहरणका साथमा उपमहानगरपालिकाले मेट्रो कलेजका रुपमा बहुप्राविधिक कलेज स्थापना गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।


ूबाटोघाटो लगायतका संरचना निर्माण गर्ने मात्रै नभएर दक्ष जनशक्ति उत्पादन पनि स्थानीय सरकारको काम हो भन्ने सोचका साथमा कलेजको स्थापना गरेका हौं उनले भने । गत शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ९सीटीईभीटी० को सहकार्यमा तीन वर्षे वन विज्ञान कार्यक्रम सञ्चालन गरेको कलेजले यसै शैक्षिक सत्रबाट पाँचवटा विषय सञ्चालन गर्न लागेको पनि कलेजका समेत अध्यक्ष रहेका नगरप्रमुख पाण्डेले जानकारी दिए ।

प्राविधिक विषय पढ्न टाढा जानुपर्ने वाध्यताका साथै चर्को शुल्क समेत तिर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि कलेजले महत्वपूर्ण भूमिका खेल्न सक्ने कलेज सञ्चालक समितिका सदस्य सुर्य बहादुर डाँगीले बताए । अत्यन्त कम शुल्कमा अध्यापन गराइने उनको भनाइ छ । ूस्थानीय सरकारले सञ्चालन गरेका कारण हामीले अत्यन्त कम शुल्क लिने योजना बनाएका छौं’ डाँगीले भने । उनका अनुसार यसै शैक्षिक सत्रबाट तीन वर्षे कार्यक्रम अन्तर्गत वन विज्ञान, कृषि विज्ञान, फुड एण्ड डेरी, मेकानिकल इन्जिनियरिङ्ग र इलेक्ट्रीकल इन्जिनियरिङ्ग विषयको अध्यापन हुनेछ । सदस्य डाँगीका अनुसार उपमहानगरपालिका भित्रकालाई ४० प्रतिशत र अन्य ठाउँबाट आउनेलाई २० प्रतिशत समेत कलेजले छुट दिने व्यवस्था गरिएको छ ।


कलेजको भवन निर्माणका लागि प्रदेश सरकारले ९ करोड विनियोजन गरिसकेको जनाइएको छ । यसै वर्षबाट भवन निर्माणको काम समेत अगाडी बढ्ने नगरप्रमुख पाण्डेले बताए । कलेजलाई प्रदेश कै नमुना कलेजका रुपमा विकास गरिने तयारी गरिएको छ ।