विश्व वरीयतामा त्रिभुवन विश्वविद्यालय हजारभित्र

काठमाडौं /२० भदौ – त्रिभुवन विश्वविद्यालय यो वर्ष विश्व वरीयता (वल्र्ड ¥याङ्किङ) मा आठ सयदेखि एक हजारभित्र परेको छ । हरेक वर्ष सेप्टेम्बर पहिलो साता टाइम्स हायर एजुकेसन टीएचई ले सार्वजनिक गर्दै आएको सर्वेक्षणमा सन् २०२१ को लागि गरेको सर्वेक्षणले उक्त वरीयता देखाएको हो ।

सर्वेक्षणमा शिक्षण, अनुसन्धान, साइटेसन, संस्थाको आय र अन्तर्राष्ट्रिय छविलाई मापदण्डका रुपमा राखिएको छ । जसमा त्रिविले शिक्षणमा १२।१, अनुसन्धानमा ७।२, साइटेसनमा ५०।४, संस्थाको आयमा ३३।४ र अन्तर्राष्ट्रिय छविमा ४५।५ गरी औषत २५।१ ९३१।१ अंक० प्राप्त गरेको छ ।

उक्त सर्वेक्षण त्रिविमा पढ्ने विदेशी विद्यार्थीको भने संख्या शून्य प्रतिशत रहेको देखाएको छ । टाइम्सले सन् २०१९ मा गरेको सर्वेक्षणले त्रिवि ८ सय १ देखि एक हजारको सूचीमा परेको थियो । त्यसैगरी, सन् २०१८ मा ३९२५ औं स्थानमा रहेको थियो । उसले हरेक वर्ष मापदण्ड तथा सूचक तोकेर अनलाइन फर्ममार्फत सर्वेक्षण गर्ने गरेको छ ।

विश्वका १० उत्कृष्ट विश्वविद्यालय


टाइम्सले घोषणा गरेअनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट विश्वविद्यालयमा परेको छ । अमेरिकाको स्ट्यान्फोर्ड दोस्रो र हावर्ड तेस्रो स्थानमा परेको छ । यसैगरी, क्यालिफोर्निया इन्सटिच्युट अफ टेक्नोलोजी चौथो, म्यासचुयएट्स पाँचौ र बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज छैटौंमा परेको छ ।

सातौैदेखि दसौंसम्म अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्निया, बक्र्ली, यल युनिभर्सिटी, प्रिन्सटन र युनिभर्सिटी अफ सिकागो रहेका छन् ।