काठमाडौं /१९ भदौ – कोरोना महामारीको प्रकोपका कारण विश्वका धेरै देश लकडाउनमा छन । यसले मानिसहरूमा भय तथा डर उत्पन्न गराएको छ । यसलाई कसरी व्यवस्थापन गर्ने हामी धेरैलाई थाहा छैन । अहिलेको समय भनेको रोगसँग लड्न हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति कसरी विकास गर्ने, सामाजिक तथा मनोवैज्ञानिक प्रभावका बारेमा विशेष ध्यान र्पुयाउन आवश्यक छ ।
कोरोना महामारीका कारण मानिसहरूको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गइरहेको यो अवस्थालाई मध्येनजर गर्दै सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपाल कर्णाली प्रदेशले खबर एजुकेशनसँगको सहयोगमा कोभिड १९ विरुद्ध शारीरिक तथा मानसिक प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जुम एप मार्फत सञ्चालन गरिन लागिएको उक्त निशुल्क तालिम सामुदायिक विद्यालयका प्रअ, स्थानीय तहका शिक्षा शाखा प्रमुख र सामुदायिक विद्यालयमा अध्यापनरत सम्पूर्ण तहका शिक्षकहरुलाई दिइने छ । मस्तिष्क विज्ञान सम्बन्धि सहजीकरण गरिने कार्यक्रममा भदौ २० र २१ गते हुने छ ।
