काठमाडौं /१९ भदौ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिक्त पदहरुको विवरण आई नपुगेकाले खुला तर्फको विज्ञापन कहिले खुल्छ अनिश्चित बनेको छ ।
कोरोना भाइरसका कारण रिक्त पदहरुको विवरण उपलब्ध नभएकाले खुला विज्ञापन कहिले हुन्छ यकिन गर्न नसकिने केन्द्रका निर्देशक डा तुलसीप्रसाद थपलियाले बताउनु भएको छ ।
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रमा रिक्त पदहरुको विवरण नभएकोले विवरण लिएपछि मात्रमा विज्ञापन हुने उनको भनाइ छ । केन्द्रले विवरण संकलनका लागि दुई पटक निर्देशन दिएको भएपनि केहिबाट आइ सकेको र अधिकांश स्थानीय तहबाट विवरण नआएको थपलियाले बताउनु भयो । उनका अनुसार दरबन्दी मिलानको कामले पनि तथ्यांक संकलनमा केही प्रभावित भएको हो । यतिबेला १०५ पालिकामा दरबन्दी मिलानको काम भइरहेको छ ।
त्यस्तै शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रबाट रिक्त पदहरुको विवरण उपलब्ध भए पछि खुला तर्फको विज्ञापन खोल्ने शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिनु भयो ।