वुहानका १४ लाख बालबालिका विद्यालय फर्किए

काठमाडौं/१६ भदौ – चीनको वुहान सहरका १४ लाख बालबालिका डिसेम्बरपछि पहिलोपटक विद्यालय फर्किएका छन् । कोरोना भाइरसको उद्गम विन्दु मानिएको वुहान सहरमा जनवरीदेखि लकडाउन गरिएको थियो ।


विद्यालय खुलेसँगै विद्यालय प्रवेश गरेका विद्यार्थीहरुको अनिवार्य रुपमा तापक्रम नाप्नुका साथै घरबाट आउँदा र जाँदा अनिवार्य मास्क लगाउनुपर्ने छ । तर, विद्यालयमा भने मास्कलाई अनिवार्य गरिएको छैन ।


वुहानमा अहिले विद्यालयहरु खुलेका भएपनि भाइरसको दोस्रो लहर आएको खण्डमा भने पुनः अनलाइनबाट पढाइ गर्ने दिशामा पनि अधिकारीहरुले तयारी गरिरहेका छन् ।

स्रोतस् बीबीसी