काठमाडौं/१७ भदौ- सरकारले विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको निःशुल्क बिमा गर्ने भएकाे छ । नेपाल सरकार अर्थ मन्त्रालय, वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका सार्वजनिक विद्यालय र विश्वविद्यालयहरुमा कार्यरत स्थायी, अस्थायी, करार एवं ज्यालादारी पदमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोराेना बिमा गर्न पत्राचार गरेको छ ।
पत्रमा भनिएको छ, “राज्यकोषबाट तलबभत्ता, पारिश्रमिक लिने शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोराेना बिमा गर्न स्पष्टता र प्रक्रियागत मार्गदर्शनको लागि लेखी आएको विषय पेश हुँदा त्यहाँ मन्त्रालय अन्तरगतका सबै निकायमा कार्यरत स्थायी, अस्थायी, करार र ज्यालादारी समेतको निःशुल्क कोराना बिमा गर्न सकिने व्यहोरा नेपाल सरकार सचिव (राजश्व) स्तरको भाद्र १४ गतेको निर्णयानुसार अनुराेध छ ।”