फेसन डिजाइनिङ अध्ययन,भविष्य र स्कोप


काठमाडौ/ १४ भदौ – पहिरन भनेको कुनै पनि लगाउने वस्त्र हो भने फेसन भनेको त्यहि वस्त्रलाई आधुनिक ढंगले चित्रण गर्नु हो । फेसनको कुनै पनि परिभाषा र सिमा छैन् । हरेक कुरामा फेसन हुन्छ खाने काममा, लगाउने कपडामा बोल्ने शैलीमा व्यवहारमा, अनुशासनमा हरेक क्षेत्रमा फेसन हुन्छ । सोझो अर्थमा भन्ने हो भने कुनै पनि नयाँ कुरा सिर्जना गर्नु नै फेसन हो । मानिसलाई सुन्दर बनाउने माध्यम हो फेसन ।

फेसन र मानिसको यस प्रतिको लगावलाई ध्यानमा राखेर बिसं २०५९ सालमा नमूना कलेज अफ फेसन टेक्नालोजीको स्थापना भयो । नमुना कलेज अफ फेसन टेक्नोलोजी कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा नपालको पहिलो फेसन डिजाइनिङ अध्ययापन गराउने कलेज हो ।

कस्तो र्कोष हो ?


नमूना फेसन कलेजमा फेसन अन्तर्गत दुई कोर्ष रहेको छ । पहिलो हो बेच्लर्स अफ फेसन । यो ३ वर्षे (६ सेमेष्टर) र्कोष हो त्यसैगरी अर्को बेच्लर्स अफ फेसन डिजाइन एण्ड म्यानेजमेण्ट यो ४ वर्षे (८ सेमेष्टर) र्कोष हो । सेमेष्टर प्रणाली संचालन यस र्कोषमा विद्यार्थीले फेसन डिजाइनिङको स्नातक तह अध्ययन गर्न पाँउछन् । विद्यार्थीले लुगा सिउने, डिजाइनिङ, कम्प्यूटरबाट डिजाइनिङ गर्न र अन्य धेरै कुराको ज्ञान पाँउन सक्छन् । यो र्कोष पढेर विद्यार्थीले सैद्धान्तिक, व्यवहारिक र प्राविधिक ज्ञान प्राप्त गर्छन ।

विद्यार्थीको याग्यता


नमूना कलेजमा पढ्नका लागि विद्यार्थी प्लस टुमा कम्तीमा सी प्लस ल्याएको हुनुपर्छ । नमूना कलेजमा पढ्नको लागि विद्यार्थीले प्रवेश परीक्षा दिनु पर्ने हुन्छ । प्रवेश परीक्षामा विद्यार्थीले सामान्यता कम्प्यूटर, कपडा, डिजाइनको बारेमा जानकार हुनु पर्दछ । यो विषय पढ्नको लागि कुनै पनि र्कोषहरु गर्नु अनिवार्य छैन , भर्नाका लागि हरेक वर्षको साउन महिनाबाट फारम वितरण गरिन्छ । विद्यार्थीले प्रवेश परीक्षामा उत्तिर्ण गरेपछि मात्र कलेजमा भर्ना हुन पाँउछन् ।

यसको स्कोप कस्तो छ ?


फेसन क्षेत्रमा लाग्नेको निकै उज्जवल भविष्य रहेको छ । लुगा, जुत्ता डिजाइन गरेर मानिसले देश विदेशमा निकै अवसर प्राप्त गरिरहेका हुन्छन् । र्कोष सकेपछि विद्यार्थीहरुले फेसन डिजाइनर, टेक्सटाइल डिजाइनर, फेशन इन्टरप्रेनरसीप, कस्ट्युम डिजाइनर, इम्ब्रोइडरी डिजाइनर, फेशन फोरकास्टर, डिजाइनर म्यानेजर, एसेसरी ढिजाइनर फेशन ट्रनड मेकर, फेशन रन्वे मोडल, नोभा फेसन, ऋतुज कलेक्सन इत्यादि नाम चलेको कम्पनीमा जागिर पाउन सकिन्छ ।