काठमाडौं /११ भदौ – जुम्लामा रहेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ ।
साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातकोत्तर तहको अध्यापन अनुमति दिने निर्णय गरेको थियो। निर्णयअनुसार मंगलबारदेखि अनुमति प्राप्त भएको प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए।
प्रतिष्ठानले यस वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति पाएको हो। एमडिजिपीमा ३, एनेस्थेसियोलोजीतर्फ र पिडियट्रिकतर्फ १र१ वटा कोटा निर्धारण गरिएको छ । यसअघि प्रतिष्ठानमा स्नातक तहका केही विषयमा अध्यापन भइरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापनको लागि स्वीकृति लिन कर्णाली प्रदेश सरकार प्रतिष्ठानको टोली लामो समयदेखि प्रयासमा थियो। उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘सेतो हिउँमा सेतै एप्रोन लगाएका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सपनाले एक हदसम्म सार्थकता हासिल गरेको छ।’