मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मध्यावधिको परीक्षा अनलाइनबाट लिँदै

काठमाडौं /११ भदौ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि ९मिडटर्म० परीक्षा अनलाइन माध्यमबाट शुक्रबारदेखि लिने भएको छ ।


विश्वविद्यालयले डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देशन २०२० तयार गरी सोहि अनुसार परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । विश्वविद्यालयले साउन १९ गते अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नेबारे निर्णय गरेको थियो । परीक्षा शुक्रबार बिहान ८ः०० बजेबाट सुरु हुनेछ ।


विश्वविद्यालयले कम्प्युटर नजान्ने विद्यार्थीहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरेको छ । त्यस्ता विद्यार्थीहरुले हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर उत्तर पठाउन सक्नेछन् । कोभिड–१९ को महामारीको समयमा विश्वविद्यालयले भर्चुअल कक्षा सञ्चालन गरी पठनपाठनलाई निरन्तरता दिएको थियो ।